काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेशका लागि आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने खेल साँझ ६ बजेबाट शुरू हुनेछ। यसअघि आइतबार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो।
त्यस्तै, गत शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो। पोखरा र धनगढीबीच हुने खेलको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिबार खेल्नेछ।
आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस दशरथ रङ्गशाला जाने भएका छन्। कार्लोस मंगलबार काठमाडौं आइपुगेका हुन्।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: info@nepalsportz.com