
खेल सकिन सात मिनेट अगाडि रायन चेरकीले गरेको निर्णायक गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिंघम फरेस्टलाई २–१ ले पराजित गरेको छ । यो जितपछि सिटी शीर्ष स्थानमा पनि उक्लेको छ ।
सिटी ग्राउन्डमा सिटीले टियानी रेन्डर्सको गोलले ४८ औं मिनेटमा अग्रता लिएको थियो । लगतै फरेस्टका लागि ५४ औं मिनेटमा ओमरी हटकिन्सनले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला चेरकीले ८२ औं मिनेटमा विजयी गोल गरे ।
सिटीको १८ खेलबाट ४० अंक भएको छ । हारले फरेस्ट १८ अंकमा १७ औं स्थानमा रह्यो । आर्सनल शनिबारकै खेलमा ब्राइटनविरुद्ध भिड्दैछ र त्यसमा जित निकाल्दै उसले फेरि सिटीलाई उछिनेर शीर्ष स्थान कब्जा गर्न सक्नेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]