मिखेल मेरिनोको ह्याट्रिक गरेपछि स्पेनले टर्कीलाई उसकै भूमिमा आइतबार ६–० ले पराजित गरेको छ । युरोपेली विश्वकप छनोटको समूह ‘ई’ को खेलमा मेरिनोले २२ मिनेटमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे ।
खेलको ५७ औं मिनेटमा ह्याट्रिक पूरा भएको हो । त्यस बाहेक पेड्रिले छ र ६२ औं मिनेटमा दुई गोल गरे भने एक गोल फेरान टोरेसले गरे । टोरेसको गोल भने ५३ औं मिनेटमा सम्भव भएको थियो । छनोटको समूह ‘जे’ मा बेल्जियमले पनि काजाकिस्तानलाई ६–० ले हरायो ।
पहिलो खेल गुमाएर स्तब्ध जर्मनीले भने समूह ‘ए’ मा उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो । यो समूहमा दुई खेलबाट दुई जित निकाल्दै स्लोभाकिया पहिलो स्थानमा छ । उसले अर्को खेलमा लक्जेम्बर्गलाई १–० ले पराजित गर्यो । जर्मनीलाई स्लोभाकियाले नै हराएको हो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]