Share on:

बार्सालाई पराजित गर्दै इन्टर फाइनलमा
May 7th, 2025

इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इटालियन क्लबले बार्सिलोनालाई समग्रमा ७-६ को अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। पहिलो लेग ३-३ को बराबरी भएको थियो भने मंगलबार भएको दोस्रो लेगमा ४-३ को जितका हात परेको हो।  


मंगलबार निर्धारित ९० मिनेट ३-३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। खेलको ९९ औं मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई फाइनलमा पुऱ्याएको थियो ।


पहिलो हाफको २१ औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लिएको थियो ।


पहिलो हाफको इन्ज्युरी समयमा पाउ कुबार्सीले मार्टिनेजलाई लडाए पछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे ।


दोस्रो हाफको ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गरेको थियो। त्यस्तै खेलको ६० औं मिनेटमा ओल्मोको हेडर गोल गर्दै बार्सिलोनाले खेल बराबरीमा गरे ।


खेलको ८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्ज्युरी समयमा इन्टरकी फ्रान्सेस्को अचेर्बीले बराबरी गोल फर्कायो ।


अब इन्टरले बुधबार हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन बिच विजेता संग फाइनलमा खेल्नेछन् । पहिलो लेग पिएसजीले १-० ले जितेको थियो ।


Swadesh Maharjan | May 7th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya