Share on:

इसाक भन्छन्, ‘न्युकासलले धोका दियो’
August 21st, 2025

एलेकजेन्डर इसाकले सामाजिक संजालबाट न्युकासल युनाइटेडमाथि गम्भीर आरोप लगाएका छन् र यसले पूरा घटनाक्रमले जटिल मोड लिएको छ । यी स्विडेनी खेलाडी न्युकासल छाडेर लिभरपुल जान चाहन्छन्, तर न्युकासलले यसलाई मानेकै छैन् ।

 

अब त यो आफै पनि पुरानो घटना भइसकेको छ । अबको नयाँ घटना हो, न्युकासलले आफूलाई धोका दिएको इसाकको आरोप । उनले भनेका छन्, ‘मलाई न्युकासलले ठूल ठूला वचन दिइएको थियो । अब पूरा गरेको छैन् ।’ यति भन्दै गर्दा इसाकले अहिलेसम्म न्युकासल टिमसँग अभ्यास पनि गरेका छैनन् ।


खासमा लिभरपुलले यी खेलाडी किन्ने इच्छा देखाएको थियो, तर न्युकासलले असाध्यै धेरै मूल्य राखेपछि कुरा बढ्न सकेको थिएन् । अहिले इसाकको त्यस्तो आरोपपछि न्युकासल र यसका समर्थक सबै रिसाएका छन् । न्युकासल पनि के कम र भने, इसाकको आरोपको तुरुन्तै उत्तर पनि फर्काएको छ ।


न्युकासलले भनेको छ, ‘काहीले कुनै केही प्रकारको वचन पनि दिएका छैनौं ।’ यस्तोमा स्थिति साँच्चै गम्भीर भएको छ । कसैले पनि ठ्याक्कै के भन्न सकेका छैनन् भने अब हुने के हो ? इसाक कतै बेचिएन् भने के उनले न्युकासलका लागि फेरि खेल्नेछन् त ? उत्तर कोहीसँग पनि छैन् ।


Swadesh Maharjan | August 21st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya