
चार पल्टको विश्वकप च्याम्पियन इटालीले फेरि एकपल्ट मंगलबार ठूलो पीडा बेहोर्नु परेको छ । युरोपेली विश्वकप छनोट प्ले अफमा इटाली पेनाल्टी सुटआउटमा बोस्निया एन्ड हर्ज गोभिनाको हातबाट ४–१ ले पराजित रह्यो ।
यससँगै इटाली विश्वकप २०२६ का लागि छनोट हुन रह्यो । इटाली विश्वकपमा छनोट हुन नसकेको यो लगातार तेस्रो पल्ट हो । जितपछि बोस्निया एन्ड हर्ज गोभिनाले अबको विश्वकपमा प्रवेश पाएको छ ।
यसअघिको खेल १–१ को बराबरीमा रहेको थियो । प्ले अफबाट विश्वकप पुग्ने अन्य टिममा टर्की, स्विडेन र चेक गणतन्त्र पनि रहे । टर्कीले कोसोभोलाई १–० ले पराजित गर्यो र त्यसमा केरेम अकटुरकोग्लुले निर्णायक गोल गरे ।
स्विडेनले भने पोल्यान्डमाथि ३–२ को जित दर्ता गर्यो । यस्तै चेक गणतन्त्रले डेनमार्कलाई ३–२ ले पराजित गर्न सफल रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]