इटालीको सिरी ए मा उपाधिको होडमा रहेका नेपोली र युभेन्ट्सले शनिबार लगातार तेस्रो जित निकालेका छन् र तीन खेलबाट नौ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् ।
रसमस होजलन्डले आफ्नो डेब्यु खेलमा गोल गरेपछि नेपोलीले फियोरेन्टिनालाई ३–१ ले हरायो । उसका लागि केभिन डे ब्रुएना र साम बेकेमाले पनि एक एक गोल गरे । फियोरेन्टिनाका लागि लुका रेनेरीले एक सान्त्वना गोल फर्काए ।
युभेन्ट्सले भने इन्टर मिलानमाथि लाई सात गोलको ‘थ्रिलर’ मा ४–३ ले पराजित गर्यो । भासिलिज एडजिचले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे र युभेन्ट्स विजयी रह्यो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]