Share on:

युभेन्टसलाई हराउँदै रियल क्वाटरफाइनलमा
July 2nd, 2025

काठमाडौं। स्पेनिस महारथी रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न प्रि-क्वाटरफाइनलको खेलमा रियलले इटालियन सिरी 'ए' क्लब युभेन्टसमाथि १-० को कठिन जित हासिल गरेको हो।

रियलको जितमा गोन्जालो  गार्सियाले गोल गरे। उनले खेलको ५४औं मिनेटमा गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।


Swadesh Maharjan | July 2nd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya