Share on:

कर्णाली याक्स र प्लम्बर पाइप्सबीच सम्झौता
October 26th, 2025

काठमाडौ । कर्णाली याक्स स्पोट्र्स प्रा.लि.ले स्ट्रेन्थ पार्टनरको रुपमा प्लम्बर पाइप्ससँग सह–प्रायोजनका लागि सम्झौता गरेको छ । 


आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौता पत्रमा हस्ताक्षर गरे । 


जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो कम्पनी २०७१ सालदेखि नेपालमा ल्याएको हो । सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि भएको हो ।


प्लम्बर पाइप्सका डाइरेक्टर निरज जालानले कर्णाली याक्ससँग जोडिनु गौरवको विषय रहेको बताएका छन् । ‘ प्लम्बर पाइप्स प्लम्बिङ प्रणालीको लागि एक प्रसिद्ध ब्रान्ड हो । नेपालको अग्रणी प्लम्बिङ ब्रान्ड प्लम्बर पाइप्सले कर्णाली याक्ससँग प्रायोजकको रूपमा हात मिलाएको छ,’ कम्पनीका डाइरेक्टर जालानले भने, ‘हाम्रो देशको प्रमुख खेलकुद प्रतियोगिता एनपीएल र कर्णाली याक्ससँग जोडिनु गर्वको कुरा हो । यसबाहेक हामी हाम्रो देशमा खेलकुदको उन्नतिमा योगदान पु¥याउने आशा गर्छौं ।’


२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।


दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 


यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।


यसअघि कर्णाली याक्सले विदेशी खेलाडीका स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ । 


कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा याक एण्ड यति तथा सह प्रायोजकमा नेबिकोसँग सम्झौता गरिसकेको छ ।


Swadesh Maharjan | October 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya