Share on:

आर्सनलमाथि लिभरपुलको शानदार जित
September 1st, 2025

डोमिनिक सबोसलाईले फ्रि किकबाट गरेको उत्कृष्ट गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–०इ ले पराजित गरेको छ । उपाधिका दुई ठूला प्रत्यासीबीचको खेलमा लिभरपुलले यो शानदार जित हात पारेको हो ।


एनफिल्डमा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेको बेला हंगेरीका सबोसलाईले ८३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल माक्रै सुरुआती तीन खेलमध्ये तीनैमा विजयी रहेको एक मात्र टिम रह्यो ।


आइतबारकै अर्को खेलमा त्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–० ले हरायो । भिल्ला पार्कमा भएको खेलमा प्यालेसका लागि जियान फिलिप माटेटाले २१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसपछि मार्क गुएही र स्माइल सारले गोल थपे ।


Swadesh Maharjan | September 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya