Share on:

सलाहविनाको लिभरपुलको जित
December 10th, 2025

मोहमद सलाहविनाको लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार इन्टर मिलानलाई उसकै घरमा १–० ले पराजित गरेको छ । प्रशिक्षक आर्ने स्लटको चर्को आलोचना गरेपछि क्लबले इजिप्टका स्टार खेलाडीलाई इटाली लगेको थिएन् ।


सानसिरोमा भएको खेलमा डोमिनिक सबोसलाईले ८८ औं मिनेटमा पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे । यससँगै इन्टरको घरमा युरोपेली फुटबलका १८ खेलको अपराजित यात्रा टुंगेको छ । प्रतियोगिताका छ खेलमध्ये चारमा विजयी रहेर लिभरपुल आठौं स्थानमा उक्लेको छ ।


अन्य प्रमुख खेलमा बार्सिलोनाले फ्रायन्कफर्टलाई २–१ ले हराएको हो भने बायर्न स्पोर्टिङ लिस्वनमाथि ३–१ ले विजयी रह्यो । बायर्न १५ अंकसहित दोस्रो स्थानमा छ भने लिभरपुल १२ अंकमा आठौं स्थानमा रह्यो ।


बार्सिलोना भने १० अंकमा १४ औं स्थानमा छ । टोटनहमले अर्को खेल स्लाभिया प्रागलाई ३–० ले हरायो र ११ अंकमा नवौं स्थानमा रह्यो । इन्टर आफै भने १२ अंकमा पाँचौं स्थानमा छ । चेल्सी भने एटलान्टनासँग २–१ ले पराजित रह्यो ।


यस्तै एटलेटिको म्याड्रिड पीएसभी आयनहोभनमाथि ३–२ ले विजयी रह्यो भने ओलम्पियाकोसले आल्माटीलाई १–०, मोनाकाले गालातासारेलाई १–० र मार्सेले युनियन सेन्ट गिलोसालई ३–० ले पराजित गर्‍यो ।


Swadesh Maharjan | December 10th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya