
युरोपा लिगमा बिहीबार रातिका खेलपछि लियोन, मिड्टजल्यान्ड र एस्टन भिल्ला समान १२ अंकसहित शीर्ष स्थानमा रहेका छन् । यससँगै उनीहरूको नटआउट चरणका लागि स्वतः छनोट हुने सम्भावना बलियो पनि भएको छ । फ्रान्सको लियोनले मकाबी टेल अभिभलाई सजिलै ६–० ले हरायो ।
त्यसमा कोरेन्टेन टोलिसोले ह्याट्रिक गरे । डेनिस क्लब मिडट्जल्यान्ड भने एएस रोमाको हातबाट २–१ ले पराजित रह्यो र यससँगै उसको शतप्रतिशत सुरुआतको क्रम रोकियो । यो खेल जितेको भए, मिडट्जल्यान्डसामु एक्लै शीर्षमा रहने अवसर थियो ।
इंग्लिस प्रिमियर लिग क्लब भिल्लाले भने योङ ब्वाइजलाई २–१ ले पराजित गरेको हो । यसमा दुवै गोल डोनयल मालेनले गरे । लिग तालिकामा फ्राइबर्ग, रियल बेटसि र फेरेनभारोस समान ११ अंकमा चौथोदेखि छैटौं स्थानमा रहेका छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]