
युरोपा लिगको बिहीबार लिग चरणका खेल सकिंदा लियोन र एस्टन भिल्ला नै अगाडि रहे । दुवै यसअघि नै अन्तिम १६ पुगिसकेका हुन् । लयोनले पीएसओकेलाई ४–२ र एस्टन भिल्लाले दुई गोलले पछाडि रहेको स्थितिमा साल्सबर्गलाई ३–२ ले हरायो ।
यो नतिजापछि दुवै टिम समान २१ अंकमा रहे । गोल अन्तरले लियोन अगाडि रह्यो । यस्तै शीर्ष आठ भित्र रहेर मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् ।

मिडट्जल्यान्डले डायनामो जाग्रेभलाई २–०, बेटिसले फायनउडलाई २–१ र पोर्टोले रेन्जर्सलाई १–० हरायो भने ब्रागले गो अहेड र रोमाले प्यानाथिनाइकोजसँग समान १–१ को बराबरी खेले । फ्रेबर्ग भने लिलसँग १–० ले परािजत रह्यो ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]