काठमाडौं। नेपाली राष्ट्रिय यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ -एन्फा_ एन्फाले ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप क्वालिफायरका लागि उनलाई नियुक्त गरेकाे जनाएको छ।
उनलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले नियुत्ती पत्र हस्तान्तरण गरेका हुन्।
आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह एचमा छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]