Share on:

राष्ट्रिय लिग: आज तीन खेल हुँदै
March 13th, 2026

काठमाडौं। अखिल नेपाल फुटबल संघद्वारा आयोजित राष्ट्रिय लिग २०८२ अन्तर्गत आज तीन खेल हुँदैछन्। 


दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा बिहान १० बजे प्लानिङ ब्वाइज युनाइटेड र चित्लाङ फुटबल क्लबबीच हुनेछ।


यस्तै दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।


दिनको तेस्रो तथा अन्तिम खेल पनि दशरथ रंगशालामै साँझ ६ बजे हुनेछ, जहाँ मनाङ मर्स्याङ्दी क्लब ले ललिगुराँस एसोसिएसन सँग खेल्ने तालिका रहेको छ।


राष्ट्रिय लिगका आजका तीनै खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। 


Swadesh Maharjan | March 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya