नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुने यस खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रंगशालामा हुदैछ ।
नेपालले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा एक खेल खेलेको थियो उक्त खेलमा नेपालले १-० गोलले पराजित भएको थियो । नेपालले पहिलो पटक थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली महिला फुटबल टिमले यही जुन २९ देखि उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
एएफसी एसिया कप छनोटको समूह ‘एफ’मा रहेको छ। यस समूहमा नेपालसंगै लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]