
सावित्रा भण्डारीको दुई गोलको मदतले नेपालले थ्री नेसन्सकपमा सोमबार भारतमाथि २–१ को शानदार जित रचेको छ । यससँगै नेपाली राष्ट्रिय महिला टिमले इरान पनि सम्मिलित प्रतियोगिताबाट सुखद अन्त्य लिएको छ । नेपालको दुई खेलबाट तीन अंक भएको छ भने भारत भने शून्य अंकमै रह्यो ।
इरानले उपाधिका लागि भारत र नेपालविरुद्धको दुवै खेल जितेको थियो । सिलोङको जवाहरलाल नेहरु स्टेडियममा सावित्राले दोस्रो मिनेटमा पहिलो गोल गरिन् । दीपा शाहीको लामो पासमा उनले गोलको खाता खोलेकी हुन् । उनले ६२ औं मिनेटमा फ्रि–किकबाट उत्कृष्ट दोस्रो गोल गरिन् ।
यससँगै भारतविरुद्ध साविक्राको व्यत्तिगत गोल संख्या १० पुगेको छ । नेपालका लागि ५९ खेलमा उनले गरेको गोल संख्या ६८ पुगेको छ । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् । भारतले सन् २०१९ यता नेपाललाई हराउन सकेको छैन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]