Share on:

बंगलादेशसँग नेपालको फराकिलो हार
September 18th, 2025

काठमाडौं, साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फराकिलो पराजय व्यहोरेको छ। 


श्रीलंकाकाे कोलोम्बो रेसकोर्स स्टेडियममा बिहिवार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएकाे हाे। 


बंगलादेशकाे जितमा मोहम्मद साबीर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे। 


जितसँगै तीन अंक जोडेको बंगलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। पराजित नेपाल दुई खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ।


Swadesh Maharjan | September 18th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya