Share on:

रविन्द्र चन्द कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त
March 26th, 2026

काठमाडौं । कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको ।


प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।


छनोट समितिले गरेको मूल्यांकनमा रविन्द्र चन्दले सर्वाधिक ६७।१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०।६३ र प्रमोद हमालले ५२।३७ अंक प्राप्त गरेका थिए ।


सदस्य–सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो । अन्तर्वार्ता र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो, जसमध्येबाट चन्दलाई नियुक्त गरिएको हो ।


Swadesh Maharjan | March 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya