Share on:

पीएसजीलाई सुपरकप उपाधि
August 14th, 2025

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार यूईएफए सुपरकपको उपाधि जितेको छ । नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा उसले टोटनहमलाई टाइब्रेकरमा ४–३ ले हराएको हो । निर्धारित समयको खेल भने २–२ को बराबरीमा रहेको थियो ।

 

इटालीको युडिनेजीमा भएको खेलमा नयाँ प्रशिक्षक थोमस फ्रान्क आएयता टोटनहम उपाधितर्फ उन्मुख देखिएको थियो । पहिलो हाफमा मिकी भान डे भेन र क्रिस्टियन रोमेरोको गोलको मदतले टोटनहम २–० ले अगाडि थियो । त्यसपछि पीएसजीका लागि ली काङ–इनले ८५ औं मिनेटमा पहिलो गोल गरे ।


इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे । टाइब्रेकरमा भने नुनो मेन्डिजले फ्रान्सेली च्याम्पियनका लागि निर्णायक गोल गरे । कुनै पनि फ्रान्सेली क्लबले सुपरकप जितेको यो पहिलो पटक हो । यस्तै सन् २०२५ मा पीएसजीले जितेको उपाधि संख्या पाँच पुगेको छ ।


Swadesh Maharjan | August 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya