Share on:

पेपेले गरे भिल्लारियलको उद्धार
March 14th, 2026

निकोलस पेपेले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा नाटकीय रूपमा गरेको गोलको मदतले भिल्लारियलले स्पेनी ला लिगामा शुक्रबार एलाभेसलाई १–१ को बराबरीमा रोकेको छ । पेपेले खेलको अन्तिम क्षणमा गोल गरेका हुन् ।


यससँगै टिम निश्चित देखिएको हारबाट जोगिएको थियो । यसअघि राजभन मारिनको आत्मघाती गोलमा एलाभेस ४० औं मिनेटमा अगाडि रहेको थियो । यो नतिजापछि भिल्लारियल २८ खेलबाट ५५ अंकमा तेस्रो स्थानमा रह्यो ।


एलाभेस भने २८ अंकमा १६ औं स्थानमा छ र उसमाथि रेलिगेसनको दबाब कायम छ । एक खेल कम खेलेको एटलेटिको म्याड्रिड ५४ अंकमा चौथोमा छ । बार्सिलोना ६७ र रियल म्याड्रिड ६३ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् ।


Swadesh Maharjan | March 14th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya