Share on:

जेनोआमाति रोमाको सजिलो जित
December 30th, 2025

पहिलो हाफको ३१ मिनेटभित्र सम्भव तीन गोलको मदतले एएस रोमाले इटालीको सिरी ए मा सोमबार जोनोआमाथि ३–१ को सजिलो जित निकालेको छ । यो जितपछि रोमाको १७ खेलबाट ३३ अंक भएको छ र चौथो स्थानमा उक्लन सफल रह्यो ।


स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि म्याथिस सोउलले १४, मोउन्डिओ कोनेले १९ र इभान फर्गुसनले ३१ औं मिनेटमा गोल गरे । खेलको ८७ औं मिनेटमा जेनोआका लागि जेफ इख्टरले एक गोल फर्काए ।


खराव लयमा रहेको जेनोओ १४ अंकमा १७ औं स्थानमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । इन्टर मिलान ३६ अंकमा शीर्ष स्थानमा छ र उसको पछाडि एसी मिलानको ३५ र नेपोलीको ३४ अंक छ ।


Swadesh Maharjan | December 30th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya