Share on:

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००
January 29th, 2026

पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपका लागि टिकटदर सार्वजनिक गरेको छ। 


माघ १७ देखि २४ गतेसम्म कास्कीस्थित पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको टिकटदर साधारण पारापिटतर्फको टिकटदर २०० रुपैयाँ र भीआइपी पारापिटतर्फको टिकटदर ५०० रुपैयाँ तोकिएको छ।


प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीहरूका लागि पोखराको लामाचौरस्थित गोस्ते खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ।


प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।


Swadesh Maharjan | January 29th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya