काठमाडौं। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले अस्ट्रेलियनको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्।
उनलाई वेलिङ्टन फिनिक्सले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको हो। यो लिगमा अस्ट्रेलिया र न्युजिल्यान्डका क्लब खेल्ने गर्छन्। वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो।
२९ वर्षीया सावित्राले नेपाली जर्सीमा ६० खेलमा ६६ गोल गरिसकेकी छन्। उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटका ३ खेलमा २ ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्।
भारतीय महिला सुपर लिगमा उनले जम्मा २४ खेलमै ६० भन्दा बढी गोल गरेकी थिइन्। त्यही लोभलाग्दो प्रदर्शनको आधारमा उनलाई फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पले २ सिजन अनुबन्ध गरेको थियो। उनी शीर्ष युरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]