
बेन्जामिन सेस्कोको गोलको मदतले म्यानचेस्टर युनाइेटडले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको छ । वेस्ट ह्यामले दोस्रो हाफमा थोमास सोचेकको गोलले अग्रता लिएको थियो । खेलको अन्तिम क्षणमा बेन्जामिन सेस्कोले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
यससँगै युनाइटेड लगातार पाँचौं जित निकाल्न असफल रह्यो । युनाइटेड ४५ अंकमा चौथो स्थानमा छ । वेस्ट ह्याम भने २४ अंकमा अझै रेलिगेसन क्षेत्रमा छ । टोटनहम भने न्युकासल युनाइटेडको हातबाट २–१ ले पराजित रह्यो । न्युकासलको जितमा ज्याकोब राम्सीले गरेको निर्णायक गोल गरे ।
यसले हारले प्रशिक्षक थोमस फ्रान्क वर्खास्तीको अझ नजिक पुगेका छन् । अन्य खेलमा एभरटन पनि बर्नमाउथको हातबाट २–१ ले नै पराजित रह्यो भने चेल्सीले लिड्स युनाइटेडसँग २–२ को बराबरी खेल्यो ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]