
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक महिला लिगमा प्रभावशाली सुरुआत गरेको छ।
ललितपुरस्थित च्यासल रंगशालामा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो।
आर्मीको जितमा अञ्जना टुलुङ राईले दुई गोल गरिन् भने दिपा शाही, हिमा चौधरी र तुलसा बोहराले समान एक–एक गोल थपे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचै गोल गर्न सफल भयो।
यस जितसँगै आर्मीले पहिलो खेलमै तीन अंक जोड्दै लिग तालिकामा शीर्ष स्थान कब्जा गरेको छ।
यसअघि बुधबार नै सम्पन्न अर्को खेलमा संकटा फुटबल क्लबले न्यूरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै विजयी सुरुआत गरेको थियो।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]