Share on:

एसियाली खेलकुदका लागि ४ सय ३४ खेलाडी संख्या दर्ता
September 17th, 2025

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागोयामा हुने २० औं एसियाली खेलकुदमा ३२ खेलका कुल ४ सय ३४ खेलाडी संख्या दर्ता गरेको बुधबार जनाएको छ । त्यसमा २ सय ३९ पुरुष र १ सय ९५ महिला खेलाडीको संख्या रहेको छ ।


आउँदो एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । हिजो सेप्टेम्बर १६ सम्म सहभागी हुने देशले खेल र त्यसमा सहभागी हुने खेलाडीको संख्या दर्ता गर्नु पर्ने थियो । यसअघि ३० खेलमा सहभागी हुने दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि समावेश गरेर ३२ खेल पुर्‍याएको छ ।


यस्तै म्याराथनमा एक पुरुष र एक महिला खेलाडी संख्या पनि पठाएको छ । एनओसीले खेलाडीको खेल संख्या सहित दर्ताका लागि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरे पनि तिनीहरू प्रतिक्रिया नदिएको पनि जनाएको छ ।


Swadesh Maharjan | September 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya