Share on:

फ्रेन्च ओपन २०२६- जेभेरेभको सेमिफाइनल यात्रा तय
June 3rd, 2026

जर्मनीका एलेक्जान्डर जेभेरेभले राफेल जोडारलाई पराजित गर्दै मंगलबार फ्रेन्च ओपन २०२६ को सेमिफाइनल यात्रा तय गरेका छन् । उनले जेभेरेभले जोडारलाई ७–६, ६–१ र ६–३ ले हराए र पहिलो ग्रान्ड स्लाम उपाधिको नजिक पुगे ।


यस्तै जाकुब मेनसिकले उदयमान खेलाडी जाओ फोनसेकालाई ६–४, ६–४ र ७–६ ले पराजित गरे र अन्तिम चारमा प्रवेश गरेका छन् । महिलातर्फ मार्टा कोस्टयुक र मिरा आन्द्रेभा अन्तिम चारमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  


कोस्टयुकले एलिना स्भिटोलिनलाई ६–३, २–६ र ६–२ र आन्द्रेभाले सोरानाले क्रिस्टीलाई ६–० र ६–३ ले हराएको हो ।


Swadesh Maharjan | June 3rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya