
काठमाडौं। नेपाल टेनिस संघ ले आईटीएफ एसिया–१२ एन्ड अन्डर टेनिस प्रतियोगिताको दक्षिण एसियाली क्षेत्रीय छनोट २०२६ आयोजना गर्ने भएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले दक्षिण एसियाका ६ राष्ट्र—नेपाल, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंका—का खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो। प्रतियोगिता ललितपुरको सातदोबाटो टेनिस कम्प्लेक्स मा चैत ३० देखि वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ।
नेपालले यो क्षेत्रीय छनोट प्रतियोगिता पाँचौँ पटक आयोजना गर्न लागेको हो। टिम स्पर्धाअन्तर्गत प्रत्येक खेलमा दुई सिंगल्स र एक डबल्स विधा समावेश रहनेछ। प्रतियोगितामा ६ देशका कुल ३३ खेलाडीले सहभागिता जनाउनेछन्।
नेपालको तर्फबाट ब्वाइजतर्फ आरित मल्ल, सभ्यजंग कार्की र सहंश बस्नेतले प्रतिस्पर्धा गर्नेछन् भने गल्र्सतर्फ सारा पन्त, आर्या पौडेल र नायरा सिंह घलेले प्रतिनिधित्व गर्नेछन्।
यस क्षेत्रीय छनोटबाट ब्वाइज र गल्र्सतर्फ पहिलो र दोस्रो स्थान हासिल गर्ने दुई–दुई टिमले सन् २०२६ मा सिंगापुरमा आयोजना हुने एसियाली फाइनलमा स्थान बनाउनेछन्। उक्त फाइनल प्रतियोगिता सेप्टेम्बर १६ देखि २० सम्म सञ्चालन हुनेछ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]