Share on:

स्केट हब सुरु
January 1st, 2026

काठमाडौं– च्यासलमा रहेको नेपाल स्पोर्टस सेन्टरमा बिहीबारदेखि स्केट हब सुरु भएको छ । पछिल्लो समय नेपालमा स्केटिङ लोकप्रिय खेलका रुपमा विकास र विस्तार भइरहेको छ ।


काठमाडौं उपत्यकामै मात्र पनि ५० भन्दा बढी स्केट सेन्टर रहेको मानिन्छ । पछिल्लो टोकियो र पेरिस ओलम्पिकमा स्केट बोर्डिङ समावेश गरिएको छ ।


नेपाल स्पोर्टस सेन्टर नेपाली फुटबलका पूर्व खेलाडी राजुकाजी शाक्य, सुरेन्द्र श्रेष्ठ र दिनेश ब्यन्जनकारले दस वर्षयता सञ्चालन गरिरहेका छन् । सन् २०२६ को नयाँ वर्षको अवसरमा स्केट हब पनि सुरु गरिएको हो ।


Swadesh Maharjan | January 1st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya