Share on:

नेपाललाई यु-१६ इस्ट जोन कपको उपाधि
July 5th, 2025

काठमाडौं। नेपालले एसिसि यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो।

यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। 

नेपालको जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

नेपालले ५८ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो। तर, जोयले सम्हालिँदै नेपाललाई जित दिलाए। 

जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए।

नेपालका शिवान्स बजगाईं २०, शुभव खनाल १८, प्रशिद्ध जैशी १७ र परिमार्जन यादव १३ रनमा पभलियन फर्किए।

सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६ ओभरमा जम्मा १८ रन दिए।

युवान पाण्डेको नाममा २ तथा वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिए।  


Swadesh Maharjan | July 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya