
काठमाडौं। प्रधानमन्त्री कप एभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संकरणमा बुटवलको एभरेस्ट भलिबल क्लबले पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शक्रबार सम्पन्न महिलातर्फको दोस्रो खेलमा एभरेस्टले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हराएको हो।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एभरेस्टले दोस्रो सेट १६–२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेटमा २५–१७ र २५–१६ ले विजयी हुँदै तीन अंक जोड्यो।
यसअघि पहिलो खेलमा एभरेस्ट नेपाल पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो। यता, पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा हराएको एपीएफ दोस्रो खेलमा पराजित भयो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]