
काठमाडौं। न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई रोमाञ्चक पाँच सेटसम्म चलेको खेलमा ३–२ ले पराजित गर्दै शतप्रतिशत जितसहित १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।
खेलमा न्यु डायमण्डले पहिलो सेट २५–१९ ले जित्दै राम्रो सुरुआत गरेको थियो। दोस्रो र तेस्रो सेटमा भने पुलिसले क्रमशः २५–२२ र २५–११ ले जित निकाल्दै खेलमा पुनरागमन गर्यो।
चौथो सेटमा डायमण्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–१५ ले जित्दै खेल बराबरीमा ल्यायो। निर्णायक पाँचौँ सेटमा पनि दबाब झेल्दै डायमण्डले १५–१३ ले जित हात पार्दै महत्वपूर्ण विजय सुनिश्चित गर्यो।
यस जितसँगै न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको छ भने नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]