Share on:

पुलिसको लगातार दोस्रो जित
April 25th, 2026

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०‍‌‍औं संकरणमा विगाभीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।


त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न महिलार्फको पहिलो खेलमा पुलिसले सुदूरविरुद्ध ३–० को सेटमा जित निकालेको हो।


खेलमा पुलिस २५–१२, २२–६ र २५–१८ ले आफ्नो पक्षमा पार्दै दोस्रो जित दर्ता गरेको हो। 


यसअघि पहिलो खेलमा पुलिसले एभेरस्टलाई समान ३–० को सेटमा पारजित गरेको थियो। यता, सुदूर पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग समान सेटमा पराजित भएको थियो।



Swadesh Maharjan | April 25th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya