Share on:

शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता
December 25th, 2025

काठमाडौं- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नवौं संस्करणको भलिबल प्रतियोगिता पुस २३ देखि २६ सम्म हुने भएको छ ।  


शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस स्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरेर पाँच टोलीको सहभागिता रहने बताएको छ । 


नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद पांच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीलाई एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।


Swadesh Maharjan | December 25th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya