Share on:

हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित
May 4th, 2025

२१ बैशाख, काठमाडौं । हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ । 
कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६-७१ को अन्तरले पराजित गरेको छ । 
तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१-५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । 
पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २४-१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५-३४ को अग्रता बनायो । 
तेस्रो क्वाटरमा दुवैले १६-१६ अंक स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो । तर चौथो क्वाटर २६-२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात गर्‍यो । 
टाइम्सको जितमा महत्वपूर्ण योगदान गरेका सदिश प्रधान एमभिपी घोषित भए ।


Swadesh Maharjan | May 4th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya