Share on:

एपिएफ दोस्रो र इस्ट बंगाल शीर्ष स्थानमा रहेर फाइनल खेल्ने
December 17th, 2025

काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपमा नेपालको विभागीय टोली एपिएफ क्लब दोस्रो तथा भारतको इस्ट बंगाल एफसी शीर्ष स्थानमा रहेर फाइनलमा खेल्ने भएका छन्।


त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न समूह चरणको अन्तिम खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन्। खेलमा दुवै टोलीले पाएको केहि अवसरहरु सदुपयोग गर्न सकेनन्। 


यो नतिजासँगै जारी प्रतियोगितामा एपिएफले ४ खेलबाट दुई जित र दुई बराबरीसहित ८ अंक पुर्याएको छ भने ४ खेलमा तीन जित र एक बराबरी खेल्दै बंगाल शीर्ष स्थानमा रह्यो।


Swadesh Maharjan | December 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya