Share on:

एसिया कप यू–१९ : नेपाल र अफगानिस्तानबीच आज प्रतिस्पर्धा
December 17th, 2025

काठमाडौँ। एसीसी यू–१९ पुरुष एसिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानको सामना गर्दैछ।


दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान १०:४५ बजेदेखि सुरु हुनेछ।


यसअघि दुवै टोलीले आफ्नो दोस्रो खेलमा हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्यसैले आजको खेलको नतिजाले सेमिफाइनल समीकरणमा कुनै प्रभाव पार्ने छैन। नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।


एकदिवसीय फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। त्यस्तै समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।


Swadesh Maharjan | December 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya