
नेपाली महिला राष्ट्रिय टिमले मंगलबार पहिलो पूर्णकालीन विदेशी प्रशिक्षक पाएको छ र उनी हुन्, भारतका हर्षल पाठक । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई महिला राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।
अब हर्षलको नेतृत्वमा नेपालले अर्को महिना हुने आईसीसी ट्वान्टी ट्वान्टी ग्लोबल छनोट खेल्नेछ । यो नेपाली भूमिमा हुने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको औपचारिक प्रतियोगिता हो ।
हर्षल यसअघि थाइल्यान्ड टिमको प्रशिक्षक थिए । नेपाल ग्लोबल छनोटको समूह ‘बी’ मा छ । त्यसमा नेपालसँगै थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बावे छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]