Share on:

एन्फा महिला च्याम्पियनसिपको ड्र सार्वजनिक
December 15th, 2025

काठमाडौं। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले महिला च्याम्पियनसिप २०८२ को नकआउट चरणको ड्र सार्वजनिक गरेको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न ड्र अनुसार प्रतियोगिता माघ २ गतेदेखि उदयपुर जिल्लाको थरुहट रंगशालामा आयोजना हुनेछ। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ।


ड्र अनुसार प्रतियोगिताको उद्घाटन खेलमा न्युरोड टिम ९एनआरटी० र गाईघाट फुटबल क्लब आमनेसामने हुनेछन्।


एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एफसी रियालसँगै त्रिभुवन आर्मी क्लब, संकटा फुटबल क्लब, छाहरी युथ क्लब, चर्च ब्वाइज युनाइटेड, आरसी रिसोर्ट तथा एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।


नकआउट चरणको ड्र अनुसार त्रिभुवन आर्मी क्लब भने सिधै क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछ। बाँकी टोलीहरूले प्रिक्वार्टरफाइनल चरणबाट आफ्नो यात्रा सुरु गर्नेछन्।


Swadesh Maharjan | December 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya