Share on:

युनाइटेड र बर्नमाउथबीच आठ गोलको थ्रिलर
December 16th, 2025

म्यानचेस्टर युनाइटेड र बर्नमाउथले सोमबार इंग्लिस प्रिमियर लिगमा आठ गोलको थ्रिलर खेलेका छन् । ओल्ड ट्रायफोर्डमा भएको खेल ४–४ को बराबरीमा टुंगेको हो ।


घरमा भएको खेलमा युनाइटेड तीन पल्ट अगाडि रहेर पनि खेल जित्न असफल रह्यो । म्याथेस कुन्हाले युनाइटेडका लागि ७९ औं मिनेटमा गोल गर्दा युनाइटेड जिततर्फ अग्रसर देखिएको थियो ।


तर बर्नमाउथका लागि एलि जुनियरले ८४ औं मिनेटमा अन्तिम तथा बराबरी गोल गरे । यो नतिजापछि युनाइटेडको २६ अंक भएको छ र छैटौं स्थानमा रह्यो । बर्नमाउथ भने २१ अंकमा १३ औं स्थानमा रह्यो ।


Swadesh Maharjan | December 16th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya