
काठमाडौं। एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेपछि सेमिफाइनलमा पुग्ने सम्भावना कठिन भएको छ।
आइतबार दुबईस्थित ‘दि सेभेन्स’ रंगशालामा सम्पन्न समूह ‘बी’ को खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भयो। नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४।५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो।
बंगलादेशको जितमा ओपनर जावद अब्रारले ६८ बलमा ४ चौका र ३ छक्कासहित शानदार ७० रन बनाए। चौथो नम्बरमा आएका कलाम सिद्दिकीले ३४ रनको योगदान गरे भने रिजन होस्सन १२ रनमा अविजित रहे। नेपालका लागि अभिशेष तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ३१.१ ओभरमै सबै विकेट गुमाउँदै १३० रनमै समेटियो। नेपालका लागि अभिशेष तिवारीले ४३ बलमा २ छक्कासहित ३० रन बनाए। विकेटकिपर आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन जोडे।
बंगलादेशका मोहम्मद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शहरियार अहमद र अजिजुल हाकिमले समान २–२ विकेट हात पारे।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]