Share on:

रोमाको जितमा फ्रान्का निर्णायक
December 16th, 2025

एएस रोमाले इटालीको सिरी ए मा सोमबार कोमामाथि १–० को जित निकालेको छ र यसमा ब्राजिली खेलाडी वेल्सी फ्रान्काले एक मात्र निर्णायक गोल गरे ।


स्टाडियो ओलम्पिकोमा भएको खेलमा ६० औं मिनेटमा निर्णायक गोल सम्भव भएको हो । यो जितपछि रोमाको १५ खेलबाट ३० अंक भएको छ र चौथो स्थानमा छ ।


यो नतिजाले इटालीमा लिग उपाधिको होड यसपल्ट खुल्ला रहेको छ । लिग तालिकामा इन्टर मिलान ३३ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि एसी मिलानको ३२ र नेपोलीको ३१ अंक रहेको छ ।


Swadesh Maharjan | December 16th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya