Share on:

साफ महिला क्लब च्याम्पियनसिपमा आज इस्ट बंगाल र एपीएफ भिड्दै
December 17th, 2025

काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबले भारतको इस्ट बंगालसँग खेल्दैछ। खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुँदै छ।


बंगाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन्। बंगालले तीनै खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ।


पाकिस्तानको कराँची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन्।


Swadesh Maharjan | December 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya