Share on:

डेम्बेले र बोनमटीलाई फिफाको उत्कृष्ट खेलाडी अवार्ड
December 17th, 2025

अपेक्षा अनुसार फिफाले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली खेलाडी ओसमन डेम्बेलेलाई मंगलबार उत्कृष्ट खेलाडी घोषित गरेको छ । कतारमा आयोजित कार्यक्रबीच महिलातर्फ बार्सिलोनाकी आइटाना बोनमटी उत्कृष्ट खेलाडी भइन् ।


दुवै खेलाडीले यसअघि डेलन डे’अर पनि जितेका थिए । वर्ष २०२५ दुवै खेलाडीले आफ्नो क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । डेम्बेलेको निर्णायक प्रदर्शनमा पीएसजीले गत सिजन फ्रान्सेली लिग वानसँगै पहिलो पटक युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।


यस्तै बोनमटी वुमेन्स युरोमा उत्कृष्ट खेलाडी रहेकी थिइन् । पीएसजीकै लुइस एनरिके उत्कृष्ट खेलाडी उत्कृष्ट चुनिए ।


Swadesh Maharjan | December 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya