Share on:

सुदूरलाई हराउँदै आर्मी च्याम्पियन
April 17th, 2026

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ। 


आर्मीले ९३ बल बाँकी रहँदा ५ विकेटले सहज जित निकाल्दै प्रतियोगिताको च्याम्पियन बनेको हो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ३९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। 


सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ३५, नारायण जोशीले २९ र अशोक धामीले ४३ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।


आर्मीकाआकाश चन्द र शहाब आलमले समान ३–३ विकेट लिए भने बसिर अहमदले २ तथा कुशल मल्लले १ विकेट हात पारे।


सुदूरले दिएको १६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। आर्मीका लागि इमरान शेख ४६ रनमा अविजित रहे भने बसिर अहमदले ४५ रनको महत्वपूर्ण योगदान दिए। त्रित राज दासले ३१ रन बनाए।


सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए भने बिकाश आग्री, शेर मल्ल र अशोक धामीले समान १–१ विकेट लिए। यस जितसँगै आर्मीले प्रधानमन्त्री कपको उपाधि तेस्रो पटक जितेको छ। 


Swadesh Maharjan | April 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya