
युरोपा लिगको एउटा सेमिफाइनलमा दुई इग्लिस क्लब भिड्ने तय भएको छ । बिहीबार तय समीकरण अनुसार नटिंघम फरेस्टले एस्टन भिल्लाको सामना गर्न लागेको हो । अर्को सेमिफाइनलमा भने ब्राग र फ्रेबर्ग खेल्नेछन् ।
फरेस्टले पोर्टोलाई क्वाटरफाइनल दोस्रो लेगमा १–० ले हराएर समग्रमा २–१ को अग्रता लियो । त्यसमा मोर्गन गिब्सले निर्णायक गोल गरे । भिल्लाले भने बोलोग्नालाई सजिलै ४–० ले हरायो र समग्रमा ठोस ७–१ को अग्रता लियो ।
ब्रागले रियल बेटिसलाई ४–२ ले हराएर समग्रमा रोमाञ्चक ५–३ को अग्रता लियो । फ्रेबर्गले भने सेल्टा भिगोलाई ३–१ ले पराजित गर्दै ६–१ को ठूलो अग्रता प्राप्त गर्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]