Share on:

प्यालेसको चुनौती कायम
April 17th, 2026

युरोपेली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता कन्फ्रेन्स लिगमा बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ र त्यसमा क्रिस्टल प्यालेसको चुनौती कायम रह्यो । उसले साख्तर डोनेस्कको सामना गर्नेछ ।


अर्को सेमिफाइनलमा भने रायो भालेकानोको सामना स्ट्रसबर्ग खेल्नेछन् । दुई लेगको क्वाटरफाइनलमा समग्रमा साख्तरले एजेलाई ५–२ र प्यालेसले फियोरेन्टिनालाई ४–२ ले पराजित गर्‍यो ।


यस्तै समग्रमा भालेकानाले एईके एथेन्सलाई ४–३ र स्ट्रसबर्गले मेन्जलाई ४–२ ले हारायो ।


Swadesh Maharjan | April 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya