Share on:

अल एत्तिफाकमाथि अल नासरको जित
April 16th, 2026

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल एत्तिफाकलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ। खेलमा अल नासरका किङ्स्ले कोमानले ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।


यस जितसँगै अल नासरले साउदी प्रो लिगमा २९ खेलबाट ७६ अंक जोडेको छ। यो दोस्रो स्थानमा रहेको अल हिला भन्दा ८ अंकले बढी हो।


खेलको अन्त्यतिर अल एत्तिफाकका ज्याक हेन्ड्रीले इन्जुरी समयमा रातो कार्ड पाउँदै टोली १० खेलाडीमा सीमित भएको थियो।


खेलभरि दुवै टोलीले केही परिवर्तन गरेका थिए। अल नासरका आयमान याह्या, साद अल नासेर, सुल्तान अल घान्नाम, अब्दुल्लाह अल हमदान र अब्दुलरहमान घरेब मैदान प्रवेश गरेका थिए। यस्तै अल एत्तिफाकका मुख्तार अली, जलाल अल सलेम र अब्दुल्लाह अल घाम्दी पनि सब्स्टिच्युटका रूपमा मैदान उत्रिएका थिए।


Swadesh Maharjan | April 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya