Share on:

लखनउलाई हराएर बेंगलुरु शीर्षमा
April 16th, 2026

विराट कोहलीको ४९ रनको मदतले रोयल च्यालेन्जर्स बेंगलुरुले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पाँच विकेट पराजित गरेको छ । यो जितपछि बेंगलुरु आठ अंकमा शीर्ष स्थानमा उक्लेको छ । राजस्थान रोयल्स आठ अंकमै दोस्रो स्थानमा छ । लखनउ भने चार अंकमा सातौं स्थानमा रह्यो ।


बेंगलुरुमा भएको खेलमा जितका लागि १ सय ४७ रनको लक्ष्य पाएको घरेलु टिमले पाँच विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । उनले छ चौका र एक छक्का प्रहार गरे । त्यस अगाडि पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान ओपनर मिचेल मार्सको रह्यो । उनले ३२ बलको सामना गर्दै ४० रन बनाए ।


यस्तै आयुष बदोनीले २४ बलमा ३८ रनको योगदान दिए । बेंगलुरुको बलरमध्ये रसिक सलामले चार विकेट लिए । यस्तै भुवेश्वर कुमारले तीन विकेट आफ्नो नाममा लेखाए । यस्तै क्रुनाल पान्ड्याले दुई विकेट हात पारे ।


Swadesh Maharjan | April 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya